वाम एकता फेरि पनि हुनसक्छः प्रचण्ड

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि वामपन्थी एकता हुन सक्ने बताएका छन्।

बिहीबार कैलालीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष ओलीको सामाजिक फाँसीवादी प्रवृत्तिलाई अन्त्य गरेपछि त्यस्तो एकता हुनसक्ने बताए।

यस्तै उनले सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुन नदिने अनेक षड्यन्त्र भएको र आफूहरुले असफल पारेको दाबी गरे । ‘हिजो बेलुकासम्म पनि गठबन्धन टुटाउन अनेक षड्यन्त्र भए,’ प्रचण्डले भने, ‘महानगर, उपमहानगरसम्म गठबन्धन नहोस् र फेरि प्रतिगमन गर्न पाइयोस् भन्ने षड्यन्त्र गरे । त्यो असफल भएपछि प्रतिक्रियावादीहरु विक्षिप्त भएका छन् ।’

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close