ओलीले भ्रष्टाचारी र बलत्कारीलाई संरक्षण गरेःपुस्पा भुसाल

कमला पोख्रेल /सन्धिखर्क ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसालले ओलीले भ्रष्टाचारी र बलत्कारीलाई संरक्षण गरेको आरोप लगाएकी छिन् । उनले ओलीको पालमा देशमा भ्रष्टाचार तथा महंगी बढेको उताउदै भ्रष्टचारी बलत्कारीलाई समेत नेकपा एमालेले संरक्षण गरेको बताइन् ।

नेपाली कांग्रेस छत्रदेव गाउँपालिकाको चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत छत्रदेव गाउँपालिका वडा नम्वर ६ ठुलापोखराको चौवामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता भुसाललेकेपी ओली नेतृत्वको नेकपा एमालेले संबिधानलाई कुल्चीएपछि लोकतन्त्रबादी दलहरुले संयुक्र गठबन्धन गर्नु परेको बताएकी हुन् ।
उनले देशमा दिगो शान्ती स्थापना गर्न र गाउँगाउँमा विकासका मुल फुटाउनका लागि नेपाली कांग्रेसको जीत आबश्यक रहेको बताइन् । स्थानीय तहको निर्बाचनमा मात्र परिबर्तनकारी दलहरुको गठबन्धन नभएर आगामी प्रदेश र संघको निर्बाचनमा पनि अहिलेको गठबन्धन कायम रहने बताइन् । सिंगो छत्रदेव गाउँपालिका र डुलापोखराका बिकासका कामहरु कांग्रेसले गरेको भएपनि एमालेहरुले भ्रम छरेको बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब वैकल्पिक केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, छत्रदेव गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष पदका उम्मेद्धार इन्दिरा भुसाल, वडा अध्यक्ष पदका उम्मेद्धार कमल पौडेल, नेपाल महिला संघका कार्यबहाक जिल्ला अध्यक्ष जानका बन्जाडे, नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि प्रेम आचार्य लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस ठुलापोखराका सभापति धनीश्वर पाण्डेको सभापतित्व, मिरा पाण्डेको स्वागत मन्तब्य र गोपाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close