गठबन्धन अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम खाँचीकोटमा सम्पन्न

प्रेमनारायण /आचार्य ।सन्धिखर्क संयुक्त गठबन्धन अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम सन्धिखर्क ७ खाँचीकोटमा सम्पन्न भएको छ । खाँचीकोटका विभिन्न स्थानमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले नेकपा एमाले आफ्नो हार बाट अतालिएर मनपरी गर्न थालेको आरोप लगाएका छन ।

मतदाता प्रभावित पार्न भोज भतेर गर्दै हिड्नु , सामग्री बाड्नु , पैसाले भोट किन्ने प्रयास गर्नु जस्ता काम एमालेहरुले गर्नुनै उनिहरुको हारको मानसिकता भएको उनिहरुले दावी गरका हुन् । खाँचीकोटका विभिन्न स्थानहरुमा भएका कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसाल, वरिष्ठ नेता डा। राम बहादुर बि। सि । कांग्रेसका नेता वालकृष्ण पाण्डे, जिल्ला सभापती केशब श्रेष्ठ , नेपा माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शुसिला श्रीपाली, प्रदेश सांसद निर्मला क्षेत्री ,नेपाली कांग्रसका पुर्ब जिल्ला सभापति तथा निवर्तमान नगर प्रमुख कमल प्रसाद भुसाल , निवर्तमान उप प्रमुख ठाकुर कुमार बि क , मेयर पदका उमेद्वार शान्ता भन्डारी र उपमेयर पदका उमेदवार राजेन्द्र भुसाल, कांग्रेस नेता यादव प्रसाद घिमिरे, माओवादी नेता श्रीधर खनाल, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसी, जिल्ला अध्यक्ष थम्मन के सि सन्धिखर्क ७ नम्बर वार्डका अध्यक्षका उमेद्वार गणेश थापा लगायतले मन्तब्य राखेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close