मालारानीको बाँगीमा मतदान स्थलमा झडप,सर्वपक्ष बैठक बसेर मतदान गराइदै

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीको शान्ती मा.वि मतदान केन्द्रमा झडप हुँदा मतदान केहि समयको लागि रोकिएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाका अनुसार मतदान स्थलमा खटाएका एजेडले आफु अनुकुलका जसले भोट हाल्न सक्दैन त्यसता व्यक्तीको मत हाल्न लगाउन खोज्दा सामन्य झडप भएको जानकारी दिनुभयो ।

मतपेटीका सुरक्षित रहेको केहि बेरमा सर्वपक्ष बैठक बसेर मतदान सुरु हुने जनाएको छ । मतदान स्थलमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे लगायको टोली पनी पुगेको बताइएको छ ।ने्कपा एमाले र गठबन्धनका एजेड बिच बिहान ७ बजेदेखि पटक पटक विवाद हुँदै समेत आएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close