अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनमोर्चा र माओवादी केन्द्र विजयी

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएका छन ।संयुक्त गठबन्धनको तर्फबाट राष्ट्रिय जनमेर्चाका झविलाल थापाले ८ हजार ३ सय २४ मतका साथ विजयी भएका हुन ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम थापाले ७ हजार ५ सय २४ मत प्राप्त गरेर पराजित भएका हुन् ।

यस्तै उपप्रमुखमा संयुक्त गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले ७ हजार ५ सय ५८ मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका बसन्ता पौडेलले ६ हजार ८ सय ६४ मत प्राप्त गरेर पराजित भएकी छिन ।
नगरपालिका भित्र रहेका १० वडा मध्ये नेकपा एमाले ४, नेपाली कांग्रेस ३ ,राष्ट्रिय जनमोर्चा ३ वडा जितेका हुन ।
नगरपालिकामा एमाले बाट पराजित रेशम थापा २०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फ बाट मेयर पदमा निर्वाचित भएका थियो,भने थापा अहिले एमाले बाट चुनावमा लडेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close