आइपिएल क्रिकेटमा पञ्जाबद्वारा हैदराबाद ५ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा पञ्जाब किङ्ग्स विजयी भएको छ । मुम्बईमा गएराति भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो ।हैदराबादले दिएको १ सय ५८ रनको लक्ष्य पञ्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । पञ्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ४९ रन जोडे भने शिखर धवनले ३९, जोनी बेयर्स्टोले २३ रन बनाए ।

यस्तै, जितेश शर्मा र शारुख खानले समान १९ रन बनाए । हैदराबादका फाजल्हक फारुकीले २ विकेट लिए भने वासिङ्टन सुन्र, जगदेशा सुचिथ र उम्रान मलिकले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close