सन्धिखर्क ४मा चितुवाको आक्रमणबाट बालकको मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालको मृत्यु भएको छ ।गुल्मी घर भई मावली घर सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङला अमलडाँडामा बसोबास गर्ने ७ वर्षीय बालक सम्राट नेपालीको चितुवाको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
स्थानीय भगवती आधारभुत विद्यालयमा कक्षा २ मा अध्यानरत नेपाली स्कुलबाट फर्किएर खाजा खाएर घरको आगनमा खेलीरहेको अवस्थामा बिहिबार साझँ करिव ५ बजेको समयमा घरको आगन बाट चितुवाले आक्रमण गरेर लगेको र त्यस लगतै स्थानीय र प्रहरीको खोजतलास गर्ने क्रममा घरदेखि करिव १ किलोमिटर पर जंगलमा बालकको शव राति ८ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले जानकारी दिनुभयो।बालकको बायाँ तर्फको साप्राको भाग तथा मुखको केही भाग चितुवाले खाएको अवस्थामा शव फेला परेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close