इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदै

काठमाण्डौ । यो सिजनको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।खेल अहमदाबादमा नेपाली समय अनुसार राति सवा आठ बजे सुरु हुनेछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।
गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।
पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।
कमेन्ट गर्नुहोस !