गुजरात टाइटन्सले जित्यो आइपिएल क्रिकेटको उपाधि

काठमाण्डौं ।गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।गएराति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात च्याम्पियन बनेको हो ।गुजरातले पहिलो सहभागितामै उपाधि जितेको हो । गुजरातले यसै सिजनबाट आईपीएल खेल्न थालेको हो ।

अहमदाबादमा राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो ।यस जीतसँगै गुजरातले राजस्थानलाई लगातार तेस्रो खेल हराउन सफल भएको छ ।पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई ७ विकेटले हराएर फाइनल पुगेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close