वडा अध्यक्ष खनालले जन्मदिनको फजुल खर्च कटाएर सार्वजनिक ठाउँमा बेन्च प्रदान गरे
अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपालप्रसाद खनालले जन्मदिनको अवसरमा आफ्नै लगानीमा ग्रिलको बेन्च प्रदान गर्नुभएको छ ।जसअन्तर्गत वडा नम्बर १ को ढाकावाङ्गका २५ सार्वजनिक ठाउँमा ग्रिल सहितको बस्ने बेन्च प्रदान गर्नुभएको हो।
जन्मदिनको अवसरमा फजुल खर्च कटाएर उहाँले सामाजीक क्षेत्रमा खर्च गर्नुभएको हो ।गत वैशाख ३० गते कांग्रेसको तर्फबाट स्थानीय चुनावमा उम्मेदवारी भएर विजयी हुनुभएको थियो ।यस्तै वडा अध्यक्ष खनालले विकास निर्माणको काममा सम्पुर्ण वडाबासी संग सहकार्य गरेर काम गर्ने समेत बताउनुभएको हो ।यस्तै विभिन्न विद्यालयमा विद्यार्थीलाई शैक्षिक सामग्री समेत प्रदान गरेको बताउनुभयो ।
कमेन्ट गर्नुहोस !