पोखरामा आमा र बच्चा मृत फेला

पोखरा । पोखराको सिर्जना चोकमा आमा र बच्चा मृत फेला परेका छन्। घटनाको प्रकृति हेर्दा बच्चाको हत्यापछि आमाले आत्महत्या गरेको देखिन्छ। यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

भारत घर भएकी ती महिलाले चितवनका पुरुषसँग विवाह गरेर पोखरा बसोबास गर्दै आएको बुझिएको छ। श्रीमान् घरमा नभएको बेला घटना भएकोले अहिले नै कारण नखुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभएको छ।

‘दुवै हत्या भएको पनि हुन सक्छ। वा बच्चाको हत्या र आमाको आत्महत्या पनि हुन सक्छ। जाहेरी परेको छ। हामी खोजी गर्दैछौं,’ उनले भने, ‘प्रारम्भिक अवस्थामा अहिले व्याख्या गर्न मिल्ने स्थिति छैन।’ बच्चा भने कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close