१० रुपैयाँले घट्यो पेट्रोल-डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताउनुभयो ।खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close