होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ अर्घाखाँचीको छैठौ अधिवेशन सन्धिखर्कमा सुरु

सागर महत/ अर्घाखाँची ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ अर्घाखाँचीको ११ औं साधरण सभा तथा छैठौ अधिवेशन सन्धिखर्कमा सुरु भएको छ ।कार्यक्रमको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष युवराज श्रेष्ठले ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा चेम्बरअफ कमर्शका जिल्ला अध्यक्ष अशोक श्रेष्ठ ,पत्रकार महासंघका जिल्ला उपाध्यक्ष वीरेन्द्र केसि लगायले सुभकामना मन्तव्य राख्नुभएको थियो ।


होटल व्यवसाय संघ अर्घाखाँचीका अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मोहन सिंह ठकुरीको अध्यक्षता ,संस्थाका वरिष्ठ उपाध्यक्ष बाबुराम पन्थीको स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव विष्णु प्रसाद बन्जाडेको संचालनमा उद्घाट कार्यक्रम भएको छ ।यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ अर्घाखाँचीले सहमती भए सम्म आजै नै नयाँ नेतृत्व चयन गर्ने छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close