विश्व कप क्रिकेट लिग दुईको अभ्यास खेलमा नेपाल विजयी

काठमाण्डौं ।विश्व कप क्रिकेट लिग दुई मा सहभागी हुन अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेल जितेको छ । पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले हरायो । गएराति भएको खेलको कप्तानी रोहित पौडेलले गरेका थिए । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर एक बलमा २ सय ५० रनमा अलआउट भयो ।

नेपालका लागि रोहित पौडेलले शतक प्रहार गरे । आरिफ शेखले ४१, दिपेन्द्रसिंह ऐरीले २४ र देव खनालले १९ रन जोडे । ह्युस्टन हरिकेन्सका मोहम्मद इलियासले पाँच र हरमित सिंहले दुई विकेट लिए । २ सय ५१ रनको लक्ष्य पाएको ह्युस्टन हरिकेन्स ४३ ओभर तीन बलमा २ सय २१ रनमा अलआउट भयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close