चुनावको लागि असारदेखि मतदाता नामावली सङ्कलनको तयारी

काठमाण्डौ ।निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गर्दै मतदाता नामावली सङ्कलन गर्ने तयारी थालेको छ।असार १ गतेदेखि नामावली सङ्कलनको तयारी भएको आयोगले जनाएको छ ।

स्थायी ठेगानाभन्दा बाहिरी जिल्लामा बसोबास रहेका नागरिकले पनि बसोबास रहेकै जिल्लाबाट नाम दर्ता गर्न सक्नेगरी नामावली दर्ता खुलाउने तयारी भइरहेको आयोगले जनाएको छआयोगका अनुसार १८ वर्ष उमेर पुगेका, तर मतदाता नामावलीमा नाम नभएकाले आफू बसेकै जिल्लाबाट नामावली दर्ता गर्न सक्नेछन् ।आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो हप्ताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्नेगरी आन्तरिक तयारी गरिरहेको छ । यसबीचमा मतदाता नामावलीमा देखिएका त्रुटि पनि सच्याइने आयोगले जनाएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close