अर्घाखाँची उद्योग वाणिज्य संघको अधिवेशनमा तीन दल सहभागी नहुने

सागर महत /अर्घाखाँची । जिल्लामा हुन लागेको उद्योग वाणिज्य संघको साधारणसभा तथा अधिवेशनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)मा आवद्ध व्यवसायीहरूले बहिस्कार गरेका छन् ।

हालसम्म सहमतिमा अधिवेशन सम्पन्न भएको र अहिलेको अधिवेशनमा भने एमालेले आफ्नो राजनीतिक आस्था लाद्न खोजेको भन्दै तीन पार्टीनिकट व्यवसायीहरूले बहिस्कार गर्ने जनाएका हुन् ।उद्योग वाणिज्य संघमा सबै विचारका व्यवसायीहरूलाई समावेश गरी साधारणसभा गर्ने भएमा मात्र आफूहरू सहभागी हुने वरिष्ठ उपाध्यक्ष नेत्र भुसालले बताउनुभयो ।

साधारणसभामा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ । शनिबार मतदानका गर्ने कार्यतालिका छ ।एमाले निकट व्यवसायीहरूले अध्यक्षमा प्रदिप मिश्रलाई यसअघि नै अगाडी सारिसकेका छन् भने जनमोर्चालाई उपाध्यक्ष, महासचिव र चार सदस्य दिनेगरी सहमति गरेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close