उद्योग वाणिज्य संघ अर्घाखाँचीमा मिश्र निर्विरोध अध्यक्ष

हरि कुँवर , अर्घाखाँची ।

उद्योग वाणिज्य संघ अर्घाखाँचीको अध्यक्ष पदमा प्रदीप मिश्र निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्ष पदमा रामप्रसाद भुसाल, वाणिज्य उपाध्यक्ष दिल बहादुर वली,उद्योग उपाध्यक्ष काजी श्रेष्ठ , महासचिव तुल्सीराम खनाल , सचिव सन्तोष बस्नेत क्षेत्री , कोषाध्यक्ष रुद्र प्रसाद श्रेष्ठ र सहसचीवमा लेखनाथ भुसाल चयन भएका हुन ।

यस्तै सदस्यमा सुमित्रा ढकाल , सपिना निशा , शिवप्रसाद बन्जाडे, कमल प्रसाद खनाल, डिल बहादुर सुनार ,लेखनाथ भण्डारी ,बाबुराम पौडेल ,लक्ष्मण केसी, अतिशकिरण विक,मोतीलाल खनाल,श्यामकृष्ण श्रेष्ठ ,चेतनारायण भुसाल , प्रकाश चन्द्र बन्जाडे, कृष्ण बहादुर

 

विश्वकर्मा र तुल्सीराम पन्थी निर्विरोध चयन भएका हुन ।

नवनिर्वाचित मिश्रले पूर्वाधार निर्माण र उद्योगी व्यवसायीमैत्री नीति ल्याए जिल्लामामा प्रशस्त लगानी वातावरण सिर्जना हुनेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close