ओमानविरुद्ध नेपालको ७ विकेटको जित

काठमाडौं । विश्वकप लिग टु क्रिकेटमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ।ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले,आसिफले ६२ रन बनाए ।

कुशल ५६ रनमा आउट भए। यस्तै देव खनाल १० रनमा आउट भए। रोहित पौडेल २६ रनमा अविजित रहे। दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे। ओमानका फायज बुटले २ तथा खवर अलिले एक विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो। टेक्ससमा मंगलबार राति मोसा क्रिकेट मैदानमा खेल भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close