उद्यमीलाई प्रविधि हस्तान्तरण

कृष्ण परियार /सन्धिखर्क ।
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले प्रविधि हस्तान्तरण गरेको छ ।आर्थिक वर्ष २०७८÷०७९ अन्तर्गत १० लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो। विभिन्न घरेलु तथा साना उद्योगहरुलाई प्रविधी मैत्री बनाउनको लागी विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको हो । उद्यमीहरुको आयस्तरमा वृद्धि गरी जिवनस्तरमा सुधार ल्याउनको लागी विभिन्न सामाग्रीहरु हस्तान्तरण्त गरिएको प्रमुख खनालले बताउनुभयो ।
न्यु पाल्पाली टेलरिङ्ग सेन्टरका संचालक जिवन परियारलाई जुकी मेसिन हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रममा कुटानी पिसानी मेशिन,हलो ब्लक बनाउने मेसिन र तान मेसिन हस्तान्तरण गरिएको सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालले जानकारी दिनुभयो ।
विगत देखि नै संचलनमा रहेको कार्यक्रम अन्तर्गत उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो । कार्यक्रमबाट स्थानीय उद्यमीले प्रत्यक्ष लाभ लिने छन ।
कमेन्ट गर्नुहोस !