अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ९सय२० पुग्यो

काबुल-  अफगानिस्तानको पाक्टिका बुधबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । भुकम्पमा ९ सय २० जनाको मृत्यु भएको तथा थप ६ सय १० जना घाइते भएको विपत्त व्यवस्थापन अधिकारीले जनाउको सिन्हवाले उल्लेख गरेको छ ।

सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा परेको बताइएको छ । भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् । छिमेकी प्रान्त खोस्टमा पनि मानिसको मृत्यु भएको छ । भूकम्प ६.१ म्याग्निच्युड भएको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

भूकम्पको कारण यस क्षेत्रका दर्जनौं घरमा क्षति पुर्‍याएको छ भने पक्टिका प्रान्तमा पहिरो गएको स्थानीय स्रोतले जनाएको छ । एजेन्सी ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close