६० वर्षको उमेरमा कक्षा १ मा भर्ना,शिक्षा बुढोहुँदैन

काठमाण्डौं ।पर्वतको मोदी गाउँपालिका वडा नम्बर ८ कि चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थाल्नुभएको छ ।स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङले पहिलेको समयमा सानो उमेरमा पढ्न भन्दा पनि विवाह गरिदिने चलन रहेकोले आफु पढाइ बाट बन्चित भएको अहिले फेरी बुढेसकालमै भए पनि पढ्ने रहर पूरा पुरा गर्न विद्यालय जाने गरेको बताउनुभएको छ ।

विष्णुका श्रीमान् सुकबहादुर गुरुङ वडाध्यक्ष समेत रहनुभएको छ ।आफ्ना नाति नातिनाले अध्ययन गर्ने तहमा बसेर उनीहरूसँगै खेल्दै रमाउँदै गरेर सिक्दा झनै रमाइलो हुने गरेको विष्णुको अनुभव छ। समाजमा एउटा उदारणीय शैक्षिक क्षेत्रमा पनि बुढेकालमा शिक्षाको पहुँचमा पुग्ने प्रेरणाको श्रोत बन्ने लक्ष्य रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close