पेट्रोल डिजेलको मूल्य घट्यो

काठमाडौं ।सरकारले तीब्र जनदबाबपछि पेट्रोलियम पदार्थको मूल्यमा केही रकम घटाएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले मुल्यमा केही कटौती गरिएको जानकारी दिनुभयो । पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २८ रुपैयाँ घटाइएको बताउनुभयो ।

सरकारले मूल्य घटाएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७९ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६३ कायम भएको छ । नयाँ कायम भएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close