सन्धिखर्क नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले तरकारी खेती गर्ने फर्म तथा समुहलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदानमान टनेल वितरण गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै किसानले आफुहरुले उत्पादन गरेको तरकारीको उचित बजार नपाएको गुनासो गरेकाले यसलाई छिटै बजारीकरणको व्यवस्थापनमा नगरपालिका गर्ने बताउनुभयो ।

टनेल वितरण गरिएको क्षेत्रमा अनुगमन गर्ने उपमेयर मिश्रा आचार्यले बताउनुभयो।नगरपालिकाको छनोटमा परेका ३ सय वटा फर्म तथा समुहलाई आजबाट प्लाष्टिक टनेल वितरण गरेको सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो । यस्तै व्यवसायिक कृषि खेती गरिरहेका कृषकहरुलाई अनुदानमा प्लाष्टिक टनेल वितरण गरिएको समेत बताएको छ ।
वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल , फर्म तथा समुहको प्रतिनिधित्व गर्ने कृषक लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close