श्रीलंकाको राष्ट्रपति निवासमा आन्दोलनकारीहरूद्वारा कब्जा

श्रीलंकामा आन्दोलनकारीहरुले राष्ट्रपतिको सरकारी भवनमाथि कब्जा जमाएका छन् । राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सरकारी निवासमाथि आन्दोलनकारीहरुले कब्जा जमाएका हुन् । कडा सुरक्षा घेरालाई तोडेर आन्दोलनकारीहरू राष्ट्रपतिको सरकारी निवासभित्र घुसेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे सरकारी निवास छाडेर सुरक्षित स्थानतर्फ गएको सिएनएनले उल्लेख गरेको छ । ‘श्रीलंकाको सरकारी टेलिभिजनले सार्वजनिक गरेको भिडियो फुटेजमा राष्ट्रपति गोटाबाया सरकारी निवासमा देखिएका छैनन’ सिएनएनले लेखेको छ । श्रीलंकामा आर्थिक संकट चुलिएपछि त्यहाँका जनता आन्दोलनमा उत्रिएका छन् । उनीहरुले लामो समयदेखि दैनिकजसो सडक प्रदर्शन गरिरहेका छन् । उनीहरुले विशेष गरेर मन्त्री तथा सरकारी अधिकारीहरुका निवासलाई लक्षित गर्दै घेराउ तथा प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनकारीहरुले धेरैजसो मन्त्रीका घरमा पसेर आगजनी गरिसकेको सिएनएनले जनाएको छ। प्रदर्शन उग्र बन्दै गएपछि श्रीलंकाका अधिकांश ठाउँमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close