कर्मचारीको बढेको तलब आजदेखि लागू,यसरी तलब बढेको थियो( विवरण सहित)

काठमाडौं । आजदेखि आर्थिक वर्ष २०७९–०८० को बजेट कार्यान्वयनमा गएको छ ।यससँगै सरकारले कर्मचारीको १५ प्रतिशतले वृद्धि गरेको तलब पनि कार्यान्वयनमा गएको छ । यससँगै साउन महिनाको तलब अघिल्लो तलबभन्दा १५ प्रतिशतले बढेर आउनेछ ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै १५ प्रतिशत तलब वृद्धिको घोषणा गरेका थिए ।जसअनुसार मुख्य सचिवको ग्रेडबाहेकको तलब १० हजार ७१ रुपैयाँले बढेर ७७ हजार २ सय ११ पुगेको छ ।

सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७ सय ८७, उपसचिवको ४८ हजार ७ सय ३७, अधिकृतको ४३ हजार ६ सय ८९, नासुको ३४ हजार ७ सय ३० र खरिदारको ३२ हजार ९ सय २ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close