अर्घाखाँचीको शितगंगामा छोराको लाठी प्रहारबाट आमाको मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा छोराको लाठी प्रहारबाट घाइते भएकी आमाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४का २६ वर्षिय हेमन्त कार्कीले असार ६ गते आफ्नै आमा ५२ वर्षिय कमला कार्की लाई घरासी विवाद हुँदा लाठी प्रहार गर्दा नाकको बिच भागमा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा गएराति काठमाण्डौंको टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिए ।

पटक पटक बुटवलमा उपचार गर्न लगेपनि ब्लड नरोकिएपछि थप उपचारको लागि केहि दिन अगाडि काठमाण्डौं लगिएको थियो ।हेमन्तलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ । आजै अदालतमा पेश गरि म्याद थपगरि अनुसन्धान गरिने प्रहरी निरिक्षक रेग्मीले भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close