अर्घाखाँचीमा बाँदर धपाउने क्रममा लडेर एक पुरुषको मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा बाँदर धपाउने क्रममा लडेर घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ४ का ३९ वर्षिय टंकप्रसाद खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको वडा अध्यक्ष भिमलाल खनालले जानकारी दिए ।
असार १९ गते दिउँसो करिव ३ बजेको समयमा मकै बारीमा आएको बाँदर धपाउने क्रममा घर नजिकै रहेको कराहा भन्ने स्थानको भिरबाट लडेर टाउको र खुट्टामा गम्भीर चोट लागेको टंकप्रसादको टाउकोमा अप्रेसन समेत गरिएको थियो ।उनको उपचारकै क्रममा लुम्बिनी प्रादेशिक अस्पतालममा मृत्यु भएको वडा अध्यक्ष खनालको भनाइ छ ।
सोहि गाउँपालिकाका अधिकामश स्थानमा बादरले घर, खेतबारीमा प्रवेश गरी अन्नपात खानुका साथै नष्ट गदै आएकोमा किसान चिन्तित हुदै आएका छन ।यो समयमा मुख्य गरि विहान देखि साँझ सम्म आफ्नै मकैबारीको सुरक्षाको लागि परेपनि बादर बाट मकै जोगाउन निकै समस्या हुने गरेको किसानको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close