अर्घाखाँचीमा खाना तथा नास्ताको मुल्य मनपरी निर्धारण

सागर महत /अर्घाखाँची ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ अर्घाखाँचीले खाना तथा नास्ताको मुल्य आफुनै मनपरी तरिकाले बढाएको छ ।जसअन्तर्गत यसअघि सादा खानाको दररेट १ सय ५० रहेकोमा बढाएर २ सय पुर्याएको छ।नास्ता तर्फ ५० रुपैयाँ पाइने छोले समोसाको मुल्यमा ३० रुपौयँमा बढाएर ८० पुर्याएको छ ।
९० रुपौंयाँ लिटरमा पाइने दुधको मुल्यलाई १ गिलास दुधको मुल्य लाई ६० रुपैयाँ निर्धारण गरिएको छ ।यस्तै मटन खाना ३ सय रुपैयाँ रहेकोमा एक सय बढाएर ४ सय पुर्याएको छ ।यता दाल फ्राई ५० रुपैयाँ रहेकोमा ५० रुपैयाँ बढाएर एक सय ,तन्दुरी रोटी प्रति पिस १० रुपैयाँ रहेमा १० रुपैयाँ बढाएर २० पुर्याएको छ । यस्तै चियामा १० ,कफिमा २०,भेज चाउमिनमा १५ ,अण्डा चाउमिनमा ३०,चिकन चाउमिनमा ५० लगायतका खाना तथा नास्तामा मुल्यमा वृद्वी गरिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष खेतुलाल उपाध्यायले वितरण गरेको दररेटमा उल्लेख गरिएको छ।

मनपरी मुल्य वृद्वी गर्दा सम्बन्धीत निकायले ध्यान नदिएको स्थानीयको भनाइ छ ।बढेको मुल्यमा असार १ गतेदेखि लागु गर्ने भनेता पनि यो अधिकांमश होटल तथा रेष्टुरेन्ट व्यवसायीको हरुले साउनको १ गते बाट लागु गरेका छन ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close