अर्घाखाँचीमा ५ हजार बढी सवारी साधन कारबाहीबाट,३५ लाख बढी राजश्व संकलन

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीमा एक वर्षको अवधीमा ट्राफिक नियमको उल्लंघन गर्ने ५ हजार ८५० सवारी साधनलाई कारबाही गरिएको छ ।आर्थिक वर्ष २०७८र२०७९ मा ट्राफिक नियम उल्लंघन गर्ने बस ४९९ सय, ट्रक ६४४, जिप १६७३, ट्याक्टर २६२, मोटरसाइकल २७१५ र अन्य ५७ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कारबाहीबाट ३५ लाख २५ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका प्रमुख हरीबहादुर केसीले जानकारी दिनुभयो ।यस्तै, एक वर्षको अवधिमा सवारी साधन दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close