९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ३ सय ५१ जनाको नमूना परीक्षण गरिएको थियो ।२ हजार ८ सय ६२ जनाको पीसीआर र २ हजार ४ सय ८९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार ४ सय ७० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिःल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !