नेपाल महिला संघ अर्घाखाँचीद्वारा स्थापना दिवसमा आर्थिक सहयोग

सन्धिखर्क । अर्घाखाँचीमा नेपाल महिला संघले सिद्धेश्वर शिवालय मन्दिरमा आर्थिक सहयोग गरेको छ। ७५ औ स्थापना दिवसको अवसर पारेर आर्थिक सहयोग गरेको जनाएको छ । नेपाल महिला संघ अर्घाखाँचीको आयोजनामा नगद २५ हजार १ सय ११ रुपैया त्यहाँ बस्ने बटुक तथा ब्राह्मणहरूलाई भोजनका लागि आर्थिक सहयोग गरिएको नेपाल महिला संघ अर्घाखाँची शाखाले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मस्कान) जिल्ला सभापति केशव श्रेष्ठ ,पूर्व सभापति कमलप्रसाद भुसाल लगायतको सहभागीता रहेको कार्यक्रम नेपाल महिला संघका कार्यवाहक जिल्ला अध्यक्ष जानका बन्जाडेको अध्यक्षता, चन्द्रा गैरेको स्वागत मन्तव्य र सचिव छमा कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !