आज जनै पूर्णिमा रक्षाबन्धन धारण गरेर मनाइदै

काठमाण्डौं ।नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज जनैपूर्णिमा पर्व मनाइँदै छ ।पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्छन् ।हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ ।
यो पर्वलाई ‘रक्षा बन्धन’ वा ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ । पूर्णिमाका दिन नयाँ जनै लगाउने तागाधारीले बिहानी उठी नुहाइधुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्तर्षिलाई तर्पण गरी जलसेचन गराइएको जनै धारण गर्ने परम्परा छ । उनीहरू पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् ।
जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close