राष्ट्रपति भवन अघि आत्मदाह गर्न खोज्दा निहारिकालाई प्रहरीले रोक्यो

काठमाडौं । कुमारी आमा निहारिका राजपुतलाई प्रहरीले राष्ट्रपति भवन अघिबाट नियन्त्रणमा लिएको छ । लामो समयदेखि न्याय माग्दै आएकी राजपु्त शितल निवास अघि पुगेर आत्मदाह गर्ने प्रयास गर्ने क्रममा पक्राउ परेकी हुन् ।आत्मदह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर, प्रहरीले उनलाई आगो लगाउनु भन्दा पहिले नै पक्राउ गरेको छ ।

साउन २० गतेदेखि न्यायको माग गर्दै बसन्तपुर डबलीमा आमरण अनसन सुरू गरेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close