चुनावमा सहयकार्यको लागि गठबन्धनको दलसँग छलफल भएको छःएमाले उपाध्यक्ष नेम्वाङ

सागर महत/ अर्घाखाँची ।नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी प्रतिनिधि सभाको चुनावमा तालमेलको लागि गठबन्धनमा रहेका र बाहिर रहेका दलहरुसँग तालमेलको विषयमा बहस भइरहेको बताउनुभएको छ ।

सोमबार प्रेस चौतारी अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले यस्तो बताउनुभएको हो। यदि कुनै कारण बहस तालमेल हुन नसकेको खण्डमा एमाले एक्लै चुनावी मैदानमा जानको लागि तयारी अभियानमा लागेको समेत उहाँले बताउनुभएको छ ।

अहिलेको सत्ता गठबन्धन संसदीय मूल्य र मान्यता विपरितको दूषित गठबन्धन भएको बताउनुभयो । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता सम्बन्धी विधेयक संविधानको मर्म अनुसार भएको बताउनुभएको छ । यस विषयमा एमालेले ठिक(बेठिक केही नभनेको उहाँले बताउनुभयो ।

नागरिकताको विषयमा सत्ता गठबन्धन नेताहरुको विचार मिश्रित रहेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close