अर्घाखाँचीमा शान्तीसुरक्षाको लागि सबैसंग सहकार्य गरेर काम गर्छुः प्रहरी प्रमुख रिजाल

सागर महत /अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जिल्लामा देखिएको आत्महत्या रोक्नको लागि पर्ने बताउनुभएको छ ।सोमबार पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो ।
एक वर्षको अवधिमा ५९ जनाले आत्महत्या गरेको भन्दै त्यसको रोकथामको लागि विद्यालयदेखि समुदाय स्तरमा सचेतना कार्यक्रम गर्ने बताउनुभएको हो।
जिल्ला प्रहरी कार्यालय दाङ बाट सरुवा भइ आउनुभएका रिजालले चन्दा आतंक बढदो क्रममा रहेकाले त्यसको रोकथामको लागि कुनै कसुर बाँकी नराख्ने समेत बताउनुभएको छ । डर धम्की दिई आतंकित गरेर गरिने कानुन विपरितका कुरा नियन्त्रण गर्न प्रहरी लाग्ने समेत बताउनुभयो ।
समाजमा शान्ती सुरक्षा कायम गर्ने विषयमा जिल्लावासी संग सहकार्य गरेर काम गर्ने बताउनुभयो । लागु औषतको कुलतमा पछिल्लो समय बालबालिको पनि संख्या बढदो क्रममा रहेको यसको रोकथामको लागि ध्यान दिनुपर्ने कुरामा पत्रकारहले सुझाव दिएका थिए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अशोक खनाल,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी अर्जुन पौडे्ल लगायतको पनि सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close