बुहारीहरुले सासू कुटिरहेको भिडियो खिच्ने बालक सम्मानित

काठमाण्डौं ।अछाममा बुहारीहरुले सासूमाथि कुटपिट गरेको भिडियो खिच्ने बालकलाई प्रहरीले सम्मान गरेको छ। दुईबुहारी मिलेर जिल्लाकोपञ्चदेवल विनायक नगरपालिका–६ की ५३ वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरिरहेको भिडियो खिचेर सार्वजनिक गरेका ११ वर्षीय बालक दीपेन्द्र न्यौपानेलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मानित गरेको हो।

बालकले खिचेको भिडियोकै कारण पीडकलाई कानुनी कारबाही अघि बढाउन मद्दत मिलेको भन्दै प्रहरीले सम्मान गरेको जनाएको छ ।कुटपिट गरेको आरोपमा पक्राउ परेका बुहारी देवसरा न्यौपाने र ३५ वर्षीया धर्मा न्यौपानेविरुद्ध अमानवीय व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close