पाल्पामा छोराले चिर्पटले बुबालाई हान्दा मृत्यु

पाल्पा । पाल्पामा आफ्नै छोराले चिर्पटले हान्दा बुवाको मृत्यु भएको छ।जिल्लाको माथागढी गापाउँपालिका वडा नम्बर ४ झडेवास्थित नेटाका ४५ वर्षीय तिलबहादुर दिशाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शनिबार राति ८ बजे उनका १४ वर्षीय छोराले चिर्पटले हानेका थिए ।

चिर्पटले टाउकोमा लाग्दा तिलबहादुरको घटनास्थलमै मृत्यु भएको हो। घरमै भएको सामान्य झगडामा ती बालकले चिर्पटले हानेका थिए ।प्रहरी घटनास्थल पुगेर ती बालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close