रुपन्देही बेलबासमा भएको सवारी दुर्घटनामा बाबु छोराको मृत्यु

बुटवल । बुटवलको बेलबासमा भएको सवारी दुर्घटनामा परी बाबु छोराको मृत्यु भएको छ। उक्त दुर्घटनामा परि मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार आज दिउँसो पुर्ब पश्चिम महेन्द्र राजमार्गको बुटवल जितपुर सडक खण्ड अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं १३ बेलवास चोकमा पुर्बबाट पश्चिमतर्फ जांदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट बुटवल तर्फ जाँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

ठोक्किएका मोटरसाईकल मध्ये बावु छोरा सवार लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी परेको प्रहरीले जनाएको छ।

दुर्घटनाबाट गभ्मीर घाइते बाबु छोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।

उक्त दुर्घटनामा बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन्।

गम्भिर घाईते उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। भने दुर्घटनामा सम्लग्न मोटरसाइकल र ट्याङकर प्रहरी नियन्त्रणमा रहेका छन्।samayachakra

 

 

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close