एकै परिवारका तिन जनाको हत्या

काठमाडौं । उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ ।जिल्लाको बेलका नगरपालिकामा बेलका–७ मा स्थानीय राजकुमार बस्नेत, उनकी श्रीमती र छोराको विभत्स हत्या भएको उदयपुर जिल्ला प्रहरी डिएसपी राकेश पोदारले जानकारी दिनुभयो ।

उनीहरुको शव खोलामा भेटिएको थियो । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताएअनुसार हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् ।प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close