क्यानाडामा चक्कु प्रहार हुँदा १० जनाको मृत्यु

क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको बीबीसीले उल्लेख गरेको छ ।चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको भन्दै प्रहरीले फोटो सार्वजनिक गरेको छ ।

उनीहरुको आक्रमणको उद्देश्य खुलेको छैन ।उनीहरु कालो कार चढेर भागेको र पक्राउ गर्नका लागि खोजी अभियान चलाइएको प्रहरीले जनाएको छ । हतियार बोकेका उनीहरुलाई प्रहरीले खतरनाक भनेको छ ।प्रहरीले सो क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस आक्रमणलाई भयावह भन्दै चिन्ता व्यक्त गरेका छन् ।उनले ज्यान गुमाएकाका आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close