केन्यासँगको एकदिवसीय खेलमा नेपालको क्लिन स्वीप

काठमाडौं । नेपालले केन्यासँगको एक दिवसीय क्रिकेट शृंखला क्लिन स्वीप गरेको छ ।आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो । केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटाएको हो ।नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेलले दुई तथा शेम एनगोचे र याश तालातीले एक एक विकेट लिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close