अर्घाखाँची कांग्रेसबाट उपसभामुख भुसालसहित ५ जनाको नाम सिफारिस

सागर महत /अर्घाखाँची ।
नेपाली कांगे्रस अर्घाखाँचीले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उपसभामुख पुष्पा भुसालसहित ५ जनाको नाम सिफरिस गरेको छ। उपसभामुख भुसालसहित नेपाल चिकित्सक संघका पुर्व केन्द्रीय अध्यक्ष डाक्टर मुक्ति श्रेष्ठ, पुर्व सांसद डाक्टर रामबहादुर विसी, पुर्व मन्त्री रेवतीप्रसाद भुसाल र कांग्रेसका युवा नेता लेखनाथ पोख्रेलको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीले जनाएको छ ।
२०६४ सालको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं. २ बाट निर्वाचित उपसभामुख भुसाल २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट पराजित हुनुभएको थियो । यसपालि उहाँ प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ ।जिल्लामा हाल एक मात्र निर्वाचन क्षेत्र भएकाले उहाँमा इच्छा पनि बढेको छ । २०७४ को निर्वाचनमा उहाँ समानुपातिक सांसद समेत बन्नुभएको हो ।
यता २०७४ को निर्वाचनमा कांग्रेसबाट बिसी उम्मेदवार रहनुभएको थियो। उहाँ एमाले,माओवदी केन्द्र र राष्ट्रिय जनर्मार्चाको गठबन्धन तथा पुर्व माओवादी केन्द्रका टोपबहादुर रायमाझीसँग पराजित हुनुभएको हो ।अहिले पुन इच्छा राख्नुभएको हो ।
यस्तै प्रदेशसभा ‘क’ मा निर्मला क्षेत्री ,तारा प्रसाद श्रेष्ठ, तारा प्रसाद फुल्लेल र ध्रुव आचार्यको नाम सिफरिस भएको छ । यस्तै प्रदेशसभा ‘ख’ मा कमल प्रसाद भुसाल, सुर्य प्रसाद अधिकारी, डा. जयबहादुर टण्डन, यादव प्रसाद घिमिरे, धर्मराज भुसाल, राजेन्द्र केसी र केशव अधिकारीको नाम सिफारिस गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close