अर्घाखाँचीःमाओवादी केन्द्रद्वारा संघ र प्रदेशको निर्वाचनको लागि नाम सिफारीस

अर्घाखाँची ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्र अर्घाखाँचीले उम्मेदवारको नाम टुंगो लगाएको छ । बिहिबार बसेको जिल्ला समन्वय समितको बैठकले उम्मेदवार चयन गरेको हो ।

अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फबाट पार्टी केन्द्रीय सचिव चक्रपाणि खनाल (बलदेब), केन्द्रीय सचिव डिलाराम आचार्य र जाकिर हुसेनलाई सिफारिस गर्ने निर्णय गरेको छ । संघिय समानुपातिकमा शुशिला श्रीपालीलाई चयन गरेको हो ।बैठकले प्रदेश (क) मा प्रत्यक्ष तर्फ पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज ठाकुर कुमार बि.क,(किशोर ) पार्टी जिल्ला समन्वय समित सदस्य तथा मालारानि गाउपालिका कमिटी अध्यक्ष पदम क्षेत्री र अर्घाखाँची बुटवल सम्पर्क समन्वय समितिका सल्लाहकार शोभाखर बन्जाडेलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेशसभा (ख) मा प्रत्यक्ष तर्फ पार्टी प्रदेश कमिटी सदस्य बिबेक गैरे, टिकाबहादुर रेश्मी र भक्त बहादुर पुनलाई सिफारिस गरेको नेकपा माओवादी केन्द्र अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close