अर्घाखाँचीको लोकप्रिय भैरव नाच सुरु

सागर महत/ अर्घाखाँची । अर्घाखाँचीको लोकप्रिय भैरव नाच सुरु भएको छ ।विधिवत रुपमा पूजा गरि केहि दिन अघिबाट सुरुभएको हो । नेवार समुदायमा नाचिने यो नाच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ र नुवाकोट लगायतका क्षेत्रमा नाचिने नाचमा आलोपालो देवी जगाएर डङ्किनीसहित कालो, रातो र सेतो भैराम नचाउने गरिन्छ ।

यस्तै अर्के तर्फ यसमा घोडचढी नाच, लाउरे लाहुरेनी नाच, टाकन टुकन नाच लगायतका नाच भैरव नाचका विशेषता रहेको भैरव नाच समितिका अभियान्ता बसन्त श्रेष्ठले बताउनुभयो । यो नाचमा फरक फरका ७ वटा थुन रहने समेत जनाएको छ ।

भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कार्तिक औंशीसम्म नाचिने प्रचलन छ । यो नाच रातको समयमा विशेषगरी सूर्य अस्ताएपछि सूर्योदयअघिसम्म स्थानीय चलनअनुसार विहान भाले बास्नु अघिसम्म नाच्ने गरिन्छ ।

कुनै दिन अन्यत्र गाउँमा गई नाच्नुपर्‍यो र उज्यालो भयो भने बोकाको बली दिनुपर्छ भन्ने मान्यता रहेको छ । भैरव नाच जिल्लाभित्र मात्रै होइन छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close