डेंगु रोकथामका लागि सन्धिखर्कमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सागर महत /अर्घाखाँची ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा डेंगु ज्वरो तथा स्क्रब टाईफास सम्बन्धि सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।घरघरमा डेंगुका बिरामीहरु बढिरहेकाले यसको रोकथामका लागि सचेतना अभियान लाई सफल पार्नको लागि सबै क्षेत्रको आवश्यकता पर्ने कुरामा जिल्ला समन्वय समितिका प्रमुख जिब नारायण कोइरालाले जोड दिनुभयो।

पहिलो चरणमा पालिकाले वडा स्तरका स्वास्थ्यक्रमी र स्वयंसेवीका लाई प्रशिक्षण दिएर विद्यालय र समुदाय स्तरमा सचेतना कार्यक्रम संचालन गर्नको लागि प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले स्थानीय तहलाई आग्रह गर्नुभयो ।


डेंगुका बिरामीले दुखाइ कम गर्ने भन्दै आफै औषधी खरिद गरेर सेवन गरेको पाइएकाले यसले दिर्घकालीन असर गर्ने भएकाले डाक्टरको सल्लाह बमोजीम औषधी सेवन गर्न जिल्ला अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले आग्रह गर्नुभयो ।


डेंगु ज्वरो तथा स्क्रब टाईफास सम्बन्धि सहजीकरण स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विक ले दिनुभएको थियो । अभियान सफल पार्नको लागि लामखुट्टेको लार्भा नष्ट गर्न सबै क्षेत्रको आवश्यक भएकाले सोहि अनुसार लाग्नको लाई आग्रह गरिएको छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,शितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडे्ल,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई,पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने,छत्रदेव गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ,पाणिनी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसाल,भुमिकास्थान नगरपालिका प्रतिनिधि गदै वडा नम्बर ८का वडा अध्यक्ष राजकुमार श्रेष्ठ ,पालिका मातहतमा रहेका स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागीता रहेको थियो। कार्यक्रम जिल्ला समन्वयका प्रमुख जिब नारायण कोइरालाको प्रमुख आथ्यिता,स्वास्थ्य कार्यालय प्रमुख पुष्षा थापाको अध्यक्षता , सुचना अधिकारी  विजय विकको सहजीकरण तथा संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close