सन्धिखर्कमा बजार अनुगमन, सडकनै रोक्नेगरि पसल राखेकालाई हटान निर्देशन

सागर महत /अर्घाखाँची ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा बजार अनुगमन गरिएको छ।अनुगमनको क्रममा शान्ती बगौंचा लगायतका क्षेत्रका फलफूल पसल र भाडा पसल गर्ने व्यवसायीहरुले सडक नै ओगटने गरि व्यवसाय संचालन गरेकाले ७ दिन भित्र हटाउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो ।
यस्तै अनुगमनको क्रममा होटलमा सरसफाइ मा ध्यान नदिएको,किराना तथा गल्ला स्टोरमा मूल्य सुची नराखेको,पुँजी कम देखाएको पाएको बजार अनुगमन समितिका संयोजक जीब नारायण आचार्यले जानकारी दिनुभयो।
बजार अनुगमनमा  घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मी प्रसाद दाहाल, सन्धिखर्क नगरपालिका पशु शाखाका प्रमुख नारायण खनाल,जिल्ला प्रशासनका प्रशासकिय अधिकृत सरोज भुसाल, कर्मचारी पाेमनारायण कुवर, कृषि शाखाको तर्फबाट सरिता गैरे,उधोग बाणिज्य का रुद्र श्रेष्ठ, चेम्बर अफ कमर्शका राज कुमार श्रेष्ठ ,उपभोक्ता हित संरक्षणका सहयोगी बिसी,प्रहरी पारेश्वर यादव लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close