पर्यटकको आगमनलाई टेवा पुग्ने गित सुपा देउराली माई सार्वजनिक

अर्घाखाँची ।अर्घाखाँचीको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान ,दाङ र दक्षिणमा कपिलवस्तु र रूपन्देही जिल्लासँग जोडिएको छ। यो जिल्लाका पर्यटकीय क्षेत्रहरु हिसाबले ठुलो सम्भावना भोकेको जिल्ला भनेर पनि चिनिन्छ ।तर केही क्षेत्रहरु प्रचारप्रसारबाट ओझोलमा परेका छन । पर्यटकीय क्षेत्र चिनाउने उदेश्यका साथ अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ मा जन्मिएका अभिनव चौहानले सुपा देउराली माई नाम गित सार्वजनिक गर्नुभएको छ ।
पर्यटकीय क्षेत्र सुपादेउराली मन्दिर,अर्घा भगवती मन्दिर,मालारानी मन्दिर,बामरुक को नृसिंह मन्दिर ,पाणिनि तपोभूमि ,छत्र मन्दिर,बल्कोट पैवा लगायतका क्षेत्र गित संगितको माध्यबाट चिनाउने अभियान रहेको बताएको छ ।
जसमा चौहानको शब्द सिर्जनामा बनेको “सुपा देउराली माई” गितमा कृष्ण लामिछानेले संगित भरेका छन भने अभिनव चौहान र सन्ध्या आचार्यले स्वर रहेको छ ।गित नेपाली मनोरञ्जन मिडिया नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
कमेन्ट गर्नुहोस !