गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

सागर महत,अर्घाखाँची ।
बिहिबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क बिहानै देखि सडक अवरुद्ध भएको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ति नजिकै पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । दिउँसो केही समय सडक खुलेपनि पुन अवरुद्व भएको छ ।सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडीबीच बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उक्त क्षेत्रमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको नेतृत्वमा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ , जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे ,कोष नियन्त्रक दिपक अधिकारी सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्रीधर महत्रा लगायतको टोलि पुगे पनि सडक खुल्न सकेको छैन ।

पहिरो हटाउन उक्त क्षेत्रमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी शिबपुर सडक डिभिजन कार्यालयका कर्मचारी खटिएका छन ।सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडीबीच बाटोमै रोकिएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close