रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला

रुकुम पश्चिम । रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला परेको छ ।आइतवार बेलुका आठबिसकोट नगरपालिका ५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको हो । उनी भदौ ३१ गतेदेखि हराएका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले बालककी आमाले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेको जानकारी दिनुभयो ।

बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको श्रेष्ठले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

kamanadaily

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close