संविधान दिवसको अवसरमा मालारानीमा हाजिरीजवाफ तथा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सम्पन्न

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा ८ औं संविधान दिवसको अबसरमा हाजिरीजवाफ तथा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सम्पन्न भएका छन ।पहिलो चरणमा कार्यक्रममा पालिका भित्रका १४ बिद्यालय सहभागी हाजिरीजवाफ प्रतियोगितामा प्रथम कालिकानेरा मा.वि ,दृतिय शान्ति मा.वि,तृतिय सिद्दनेरा मा.वि,सान्त्वना,सरस्वती मा.वि भएको छ ।

यस्तै दोस्रो चरणमा कर्मचारी र जनप्रतिनिधि बिच भएको भलिबल प्रतियोगितामा कर्मचारीको समुह प्रथम भएको छ ।ब्याडमिन्टन तर्फ कर्मचारीको समुह प्रथम, दृतिय इलाका प्रहरी कार्यालय खन भएको छ । बिजेता लाई गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई , उपाध्यक्ष दिपा पोखरेल र प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले पुस्कार स्वरुप नगद,प्रमाण पत्र ,ट्रफी प्रदान गर्नुभएको गाउँपालिका रोजगार संयोजक महेश भुसालले जानकारी दिनुभयो ।कार्यक्रममा पालिका प्रवक्ता तिलक मिश्र लगायतको पनि सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close